Loading the document…
If the document does not appear here, use “Open in new tab” or “Download”.
Read the text of this document
लोकतन्त्र दिवस २०८२ को उपलक्ष्यमा प्रेस वक्तव्य लोकतन्त्र दिवस २०८२ को विशेष अवसरमा सबैलाई हार्दिक शुभकामना ! आजको दिन हाम्रो लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक विजय दिवस र नागरिक अधिकार प्राप्तिको विशेष दिन हो । यस अवसरमा लोकतन्त्रका साथै राजनीतिक र नागरिक स्वतन्त्रता प्राप्तिको आन्दोलनमा नागरिक तथा सामाजिक संघ, संगठनहरुको योगदानलाई पनि स्मरण गर्न चाहन्छौं । लोकतन्त्र, नागरिक स्वतन्त्रता र मानव अधिकारको पक्षमा २०६२/०६३ को आन्दोलनपछि प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान महत्वपूर्ण कोशेढुँगाको रुपमा रहेका छन् । तर संविधान र मौलिक हकहरुको कार्यान्वयनको स्थिति कमजोर हुँदा साथै सामाजिक संघसंस्थाहरुका लागि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संविधान अनुकुलको नीति र कार्यवातावरणको अवस्था नहुँदा लोकतान्त्रिक परिवर्तनको अनुभूति हुन सकेको छैन । समुदायस्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सामाजिक संघ संस्थाले गरेको योगदानको उचित मूल्यांकन गर्दै नागारिक समाज र संघसंस्थामैत्री वातावरण निरमाणका लागि र लोकतन्त्रप्रति प्रतिबध्द हुन सम्पुर्ण राजनीतिक दल, सरकार र सरोकारवालाहरु समक्ष जोडदार माग गर्दछौं । लोकतन्त्र र मानव अधिकारको रक्षाका लागि सामाजिक संस्था र नागारिक संघसंस्थाहरु सदैव प्रतिवध्द रहेका छन् । लोकतन्त्रको विकल्प केवल उन्नत र सुदृढ लोकतन्त्र हो भन्ने दृढ विश्वासका साथ लोकतन्त्रको सवलीकरण गर्न, थप सुदृढ बनाउन, राजनीतिक दलले आफ्ना प्रतिबध्दताको कार्यान्वयन गर्न, गल्ती र कमजोरीहरु सच्याउन पनि जोडदार माग गर्दछौं । सुशासन, जवाफदेहिता, प्रभावकारी सेवा प्रवाह, नागरिक र सामाजिक संघसंस्थाको साझेदारी र अपनत्वको माध्यमबाट लोकतन्त्रको प्रभावकारिता र लोकतन्त्रप्रतिको जनविश्वास बलियो बनाउन जरुरी छ । अन्तमा, लोकतन्त्र, मानवआधिकार, समानता, न्याय र समावेशिताका लागि हाम्रो प्रतिबध्दता दोहोर्याउँदै राजनीतिक दलहरु, सरकार र सरोकारवालाहरु सबैलाई प्रतिबध्द रहन जोडदार माग गर्दछौं । २०८२ बैशाख ११ गते, काठमाण्डौ DemocracyDay_PressRelease.pdf
