NFN is an umbrella organization of NGOs working in various fields of social welfare and development. Established in 1991 for the promotion and protection of social justice, human rights and
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । साथै एक ज्ञापन पत्र हस्तान्तरण पनि हस्तान्तरण गरिएको छ । ज्ञापनपत्रमा सामाजिक संघ संस्थाका केही प्राथमिकताका विषय र सवालप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने लगायतका मागहरु प्रस्तुत गरेको छ । सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिनुभयो ।
नेपालका सामाजिक संस्थाहरु नेपालको लोकतन्त्रप्रति प्रतिवद्ध रहेको जनाउँदै पछिल्लो समय लोकतन्त्र, संघियता र परिवर्तनका विरुद्धमा देखिएका केहि घट्नाक्रमलाई महासंघले गम्भिरतापूर्वक लिएको कुरा अध्यक्ष भट्टराईले जानकारी गराउनु भयो । अतः सरकारलाई यस्ता घट्नाक्रम निरुत्साहित पार्न र जनअपेक्षा अनुरुपका ऐन, नीति, कार्याक्रम र बजेट निर्माण गर्न, शिक्षा र रोजगारी, प्रविधिमैत्री सेवासुविधा वृद्धि, अनावश्यक खर्च कटौती, कर्मचारी प्रशासन चुस्त र भ्रष्टाचारमुक्त बनाउन प्रधानमन्त्रीसँग माग गरिएको छ ।.jpg)