NFN is an umbrella organization of NGOs working in various fields of social welfare and development. Established in 1991 for the promotion and protection of social justice, human rights and
उदयपुरको बेलका नगरपालिका स्थित सप्तकोशीको बाँध भत्किएर उदयपुर र सुनसरीका बस्तीमा पस्दा दुई हजारभन्दा बदी घरधुरी प्रभावित भएका छन् । प्रभावित परिवारहरुको उद्धार, सुरक्षित आवास र खाद्यान्न लगायतका राहत सामग्रीको तत्काल जरुरी छ र यस सम्बन्धमा गैरसरकारी संस्था महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्राकृतिक विपद्को यस अवस्थामा पीडितका लागि सुरक्षित आवास र खाद्यान्न लगायतका राहत सामग्रीहरु प्रदान गर्न र यस कार्यमा सहयोग पुर्याउन यस महासंघ अन्तर्गतका सम्पूर्ण प्रदेश तथा जिल्ला समिति र सदस्य संस्था लगायत सबैलाई आह्वान गर्दछौँ । साथै यस कार्यमा सहयोग पु-याउन दातृ संस्था, निजी क्षेत्र र अन्य सहयोगी संस्था र व्यक्तिलाई पनि अनुरोध गर्दछौं ।
विपद् रोकथाम र न्युनीकरणका साथै तयारीका कार्यहरुलाई थप प्रभावकारी बनाउन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार तथा सम्बन्धित निकायहरुसँग माग गर्दछौं ।
मिति : २०७९/०४/१९