Skip to main content
Changunarayan SDGs

 

भक्तपुरको चाँगुनारायण नगरपालिकामा दिगो विकास लक्ष्य १६ सम्बन्धमा एक दिने कार्यशाला सम्पन्न भएको छ । 
कार्यशालामा दिगो विकास लक्ष्य  १६ अन्र्तगत १० वटा परिमाणात्मक लक्ष्य र ३१ वटा सूचकहरुका बारेमा अभिमुखीकरण गरेर सबै सहभागीहरुलाई कार्यशालामा सहभागी गराइएको थियो । 

SDGs
विभिन्न तिनवटा बिषयगत समूहमा सहभागीहरुलाइ विभाजन गरेर दिगो विकास लक्ष्य १६ को समिक्षा तथा पुनरावलोकन, स्थानिय स्रोत र आवश्यकताका आधारमा पहिचान भएका नयाँ सूचकहरुको पहिचान, लक्ष्य १६ मा देखिएका नीतिगत तथा क्षमतामुलक कमीहरु र तिनीहरुको पहिचान, लक्ष्य १६ को कार्यान्वयनका लागि स्थानिय साझेदार संस्थाहरु र आगामि रणनीतिका बारेमा कार्यक्रममा छलफल भएको थियो । सहभागीहरुले दिगो विकास लक्ष्य १६ मा स्थानिय स्तरमा रहेको बुझाइ र अनुभवका आधारमा कार्यशालामा आफ्ना आफ्नो विचार तथा अनुभवहरु आदान प्रदान गरेको थिए । कार्यशालाबाट प्राप्त  निचोडहरुलाइ बुदागत रुपमा पतयार पार्दे हरेक समुहले अन्तिम सर्तमा प्रस्तुती गरेको थिए । कार्यशालाको समापन समारोहमा चाँगुनारायाण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र र उप प्रमुख विणा वास्तोलाले दिगो विकास लक्ष्यहरुलाइ मध्यनजर गर्दे आफ्नो नगरपालिकाका कार्यक्रम तथा रणनीतिहरु त्य भएको र सोही बमोजीम काम भइरहेको जानकारी गराउनु भएको थियो । प्रमुख मिश्रले आफ्नो कार्यकक्षको टेबमा दिगो विकास लक्ष्य सम्बन्धि जानकारी पुस्तिका राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भयो । यसैगरी उपमेयर विणा वास्तोलाले दिगो विकास लक्ष्यहरु हासिल गर्नका लागि सबै सरोकारवालाहरुसंग सहकार्य गरेर अघि बढ्ने ईच्छा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष जितराम लामाले नगरपालिका सबै क्रियाकलापहरु  दिगो विकास लक्ष्यकै विषय क्षेत्र भित्र रहेको स्पष्ट पार्दे त्यस्ता गतिविधिहरुलाइ व्यवस्थित पारेर लैजान नगरपालिकाका पदाधिकारीलाई सल्लाह दिनु भयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका महासचिव राम प्रसाद सुवेदी, उप महासचिव अर्जुन कुमार भट्टराइ, सचिव उमेश विश्वकर्मा, कार्यकारी निर्देशक बि बि थापा, सहजकर्ता दोरेन्द्र थापा र दिगो विकास लक्ष्य १६ कार्यक्रम संयोजक अनिल उपाध्यायको सहभागिता रहेको थियो । भक्तपुर जिल्ला शाखाका अध्यक्ष शोम शर्मा बजगाइको अध्यक्षतामा  कार्यक्रम सम्पन्न भएको थियो ।