Skip to main content
palata fire appeal
२०७५ साल पौष ९ गते कालिकोट जिल्ला पलाँता गाउपालिका वडा न १ खाँडा गाउँ स्थित न्यौपाने वस्तिमा भिषण आगलागी भइ ठूलो भौतिक क्षति भएको दुखद घटना प्रति गैरसरकारी संस्था महासंघ नेपाल गहिरो दुख व्यक्त गर्दछ ।
 
आगलागीबाट ८७ घरधुरी पूर्ण नष्ट, ७ जना घाइते र करिव ५ सय भन्दा बढी मानिसहरु
विस्थापित र चिसो मौसममा कष्टकर जीवनको जोखिममा रहेको अवस्थामा हामी सम्पूर्ण
सरोकारवालाहरुलाई मानवीय सहयोगका लागि हार्दिक अपिल गर्दछौं । साथै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दे उनिहरुको स्वास्थ्य उपचारका लागि समयमै आवश्यक कदम चाल्न नेपाल सरकारसंग आग्रह गर्दछौ ।
 
आगलागीमा परि ठूलो संख्यामा पशु चौपाया पनि मरेका र त्यसबाट महामारी फैलन सक्ने
अवस्था प्रति सम्बन्धित निकायको समयमै ध्यानाकर्षण गराउन चाहन्छौ । विस्थापितहरु
राखिएका अस्थायी आवासमा दैनिक खानेकुराहरु लगायत न्यानो कपडा, स्वास्थ्य उपचारको व्यवस्था, शुद्ध पिउने पानी र चर्पिको व्यवस्था मिलाउन समेत सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदछौं ।
 
साथै यस विपत्तिमा आ–आफनो तर्फबाट संस्थागत तथा व्यक्तिगत मानवीय सहयोगका लागि नेपाल स्थित सम्पूण अन्तर्राष्ट्रिय विकास साझेदार, गैरसरकारी संस्था, गैसस महासंघ नेपालका प्रदेश समितिहरु, कालिकोट जिल्ला शाखा लगाएत देशैभरका जिल्ला शाखाहरु र सम्पूर्ण सामाजिक सस्थाहरुलाई समयमै सहयोग सहित परिचालित हुन हार्दिक अपिल गर्दछौं  ।
 
२०७५ पौष १०  
गैसस महासंघ नेपाल