Skip to main content
10th Board Meeting

२०७५ जेठ २६


गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय कार्यसमितिको दशांै बैठक २०७५ साल जेठ २६ गते लमजुङ जिल्लाको घले गाउँमा सम्पन्न भएको छ । दशौं वैठकबाट समसामयिक बिषयमा पारित गरेका प्रस्तावहरु यस प्रकार रहेका छन् ः 

१. नेपालको संविधान २०७२, नेपाल सरकारले अन्तर्राष्ट्रिय रुपमा गरेका सबै प्रतिबद्धताहरु र विकास सहायता सम्बन्धी सिद्धान्तहरु र दिगो विकास लक्ष्य २०३० प्रति प्रतिबद्ध हुदै सरकारले घोषणा गरेका “सम्बृद्ध नेपाल सुखी नेपाली” अभियानलाई सफल पार्न सबै खाले सहयोगहरु उपलब्ध गराउन हामी प्रतिबद्ध छौं र सो अनुसार कार्यान्वयन सबै संघ संस्थाहरुलाई आव्हान गर्दछौं ।

२. अनवरत रुपमा लामो समयसम्म सामाजिक अभियानमा काम गरी प्रदेश तथा संघीय तहको निर्वाचनबाट निर्वाचित भई सांसद तथा मन्त्री जस्तो गरीमामय पदमा पुग्नु भएका सामाजिक अभियन्ताहरु हार्दिक बधाइ ज्ञापन गर्दै उहाँहरुको कार्यकालमा गैससमैत्री वातावरण निर्माण हुने विश्वास व्यक्त गर्दछौं साथै उहाँहरुको कार्यकाल मुलुक र जनताका लागि थप उपलब्धिमुलक र परिणाममुखी बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं । 

 

३. मुलुक संघीय संरचानामा प्रवेश गरी राज्यका संयन्त्रहरु सञ्चालनार्थ नयाँ नीतिगत तथा व्यवस्थापकीय योजना तर्जुमा भइरहेको वर्तमान सन्दर्भमा संविधान प्रदत्त मौलिक हक र अधिकारहरु सुरक्षित हुनेगरी तिनै तहका सरकारहरुलाई विकास साझेदार तथा नागरिक संगठनहरुको ऐतिहासिक भूमिकालाई थप सक्रिय तथा रचनात्मक बनाउन गैससमैत्री ऐन कानून निर्माण गर्न सम्पूर्ण पालिकाहरु, प्रदेश सरकारहरु तथा संघीय संरकारलाई हार्दिक अपिल गर्दछौं । 

४. संविधान वमोजिम तीन तहको संघीय संरचना पूर्ण कार्यान्वयनमा आइसकेको अवस्थामा गैरसरकारी संस्थाहरुको दर्ता नविकरण तथा नियमन र संञ्चालन जस्ता विषयहरुमा भने अझै अन्यौलता रहदै आएको छ । यसकारण, हामी स्थानीय, प्रदेश र संघीय सरकारले यथासिघ्र गैससहरुको ब्यवस्थापन सम्बन्धी उपयुक्त कानून निर्माणगरी तत्काल लागू गर्न अनुरोध गर्दछौं । साथै हाम्रो भूमिकालाई नजर अन्दान नगर्न हार्दिक अपिल गर्दछौं ।  

५. परिवर्तित सन्दर्भमा राज्य सञ्चालनका विभिन्न विधि, प्रक्रिया र संयन्त्रहरु अबलम्बन गरिन थालिएको छ । यस सन्दर्भमा सरकारका तर्फबाट मुलुकको विकास र सम्बृद्धिका लागि गठन हुन गइरहेका विभिन्न वहुपक्षीय मञ्च, समिति, संयन्त्र र संरचनाहरुमा गैरसरकारी सस्था महासंघ नेपालको प्रतिनिधित्व सुनिश्चितताका लागि हामी सरकारसँग जोडदार माग गर्दछौं । 

६. गैसस महासंघ नेपालले आन्तरिक राजश्व विभाग लगायतका सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरुसँग गैससहरुले व्यहोर्दै आइरहेको समस्याहरुको सम्दर्भमा निरन्तर प्रयास गर्दै आइरहेका छौ । नेपाल सरकारका तर्फबाट भर्खरै सार्वजनिक भएको आर्थिक बर्ष २०७५÷७६ को बजेट भाषणको दफा २५५ मा सामाजिक संस्थाहरुले विद्यमान आयकर ऐनका प्रावधान अनुशार विवरण पेश गरेमा विगतका आर्थिक वर्षहरुको कर तथा शुल्कहरु छुट दिने प्रस्ताव भएकाले लामो समयदेखि संस्था नविकरणमा समस्या भोगिरहेका सामाजिक संस्थाहरुलाइ पछिल्ला बर्षहरुको विवरण पेश गरी संस्था नविकरण गर्न आव्हान गर्दछौं । 

७. पर्यटकीय महत्व बोकेको एक सुन्दर भूपरिवेष्ठित मुलुक नेपालमा सारा नेपालीले देखेको सम्बृद्धिको सपना पूरा गर्न सरकारले पर्यटन प्रवद्र्धनका लागि विभिन्न रणनीति र योजना अघि सारीरहेको सन्दर्भमा स्थानीय स्तरमा अत्यन्तै रुचाइएकोे र आर्थिक आय आर्जनकोे प्रमुख आधार समेत बनिरहेको होमस्टे सेवा प्रबर्धनमा लमजुङ घलेगाउँमा संचालित ग्रामीण पर्यटन प्रवद्र्धन होमस्टेले महत्वपूर्ण योगदान पुर्याएको छ । यस किसिमको मौलिक पर्यटन प्रवद्र्धन अभियानलाई प्रोत्साहित गर्दै सरकार, पर्यटन व्यवसायी, नागरिक संगठनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैसस र आम नागरिकहरु समक्ष ऐक्यबद्धता जनाउन महासंघ हार्दिक आव्हान गर्दछ । 

८. नेपाल सरकारले सार्वजनिक तथा निजी साझेदारी कार्यक्रम अन्र्तगत व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत ग्रामीण समुदायको आर्थिक सामाजिक रुपान्तरण र सम्बृद्धिका लागि स्थानीय सामाजिक संस्थाहरु मार्फत विविध कार्यक्रमहरु गैसससँगको सहकार्य र समन्वयमा अगाडि बढाउन आब्हान गर्दै उक्त अभियानमा सहभागी हुन सामाजिक संस्थाहरु तत्पर रहेको सहर्ष जानकारी गराउँदै हाम्रो प्रतिवद्धता जाहेर गर्दछौं । 

९. मुलकमा यतिवेला स्थिर सरकार रहेको छ र यहि अवसरलाई सदुपयोग गर्दै दिगो विकासका लक्ष्यहरु हासिल गर्ने कार्यमा  मुलुकबासीसँगै सबैका साझा अभियान पूरा गर्ने कार्यमा इमान्दारीका साथ सहकार्य गर्न हामी सबैसँग खुला आव्हान गर्दछौं । यसैगरी नजिकिदै गइरहेको मनसुनसँगै प्राकृतिक विपद्हरु आइलाग्न सक्ने तर्फ समयमै सचेत भई पूर्वतैयारीमा जुट्न हामी सरकारका सबै विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रहरु, सामाजिक संस्था तथा आम नागरिकसँग हार्दिक अनुरोध गर्दछौं । 

 

१०.नागरिक समाज र नागरिक संस्थाहरुको भूमिका सबलिकरणको लागि एक साझा धारणापत्र तथा मार्गचित्र तयार पारी अन्तिम रुप दिन गैसस महासंघले पछिल्ला दिनहरुमा व्यापक छलफल चलाइरहेको र यसको अन्तिम मस्यौदा केही समयमै सार्वजनिक हुने जानकारी गराउँर्दछौ । साथै उक्त साझा धारणापत्र र मार्गचित्र मार्फत नेपाली सामाजिक संस्थाहरुको स्थान, भूमिका र महत्व वारेमा एकनासको स्पष्टता हुने विश्वास व्यक्त गर्दछौ ।

११.गैसस महासंघ नेपाल सधै पारदर्शिता, भ्रष्टाचारमुक्त समाज, विधिको शासन, सुशासन, मानव अधिकारको संरक्षण र अमनचयनमा जोड दिदै आएको संगठन हो । यिनै हाम्रा सर्वमान्य सिद्धान्तहरुलाई थप सुदृढ पार्न र तिनीहरुको प्रवद्र्धनमा अझ सक्रिय हुन सम्पूर्ण नागरिक संगठनहरुसंग जोडदार आव्हान गर्दछौं । साथै गैसस आचारसंहिता तथा नागरिक संस्थाहरुका गतिविधिहरुलाई थप स्पष्ट पार्न अनिवार्य रुपमा सबै नागरिक संगठनहरुले संस्थागत नागरिक वडापत्र तयार पारी आफ्ना सेवाहरुलाई स्पष्ट रुपमा जनसमक्ष छर्लङ्ग पार्ने उदाहरणीय कार्यमा लाग्न हुन सार्वजनिक अपिल गर्दछौं । 

१२. आमसञ्चार माध्यमहरुबाट गैरसरकारी संस्थाहरु र तिनीहरुका क्रियाकलाप सम्बन्धी एकतर्फी नकारात्मक समाचार सम्प्रेषण भइरहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । संयुक्त राष्ट्र संघीय निकाय, वहुपक्षीय अन्तर्राष्ट्रिय बैंक (जस्तै विश्व बैंक), द्वीपक्षीय सहयोग निकाय, कुटनीतिक निकाय, अन्तर्राष्ट्रिय गैसस र नेपाली गैरसरकारी संघ संस्था बीचको भिन्नताको समेत ख्याल नगरी जुनसुकै संस्थालाई पनि गैरसरकारी संस्था भन्नु उचित नहुने हुँदा कुन प्रकृतिको संस्था हो भनी यकिन गरी समाचार संप्रेशन गर्न हामी संचारजगतलाई अनुरोध गर्दछौं । हलुका ढंगबाट सूचना प्रवाहले गैससहरु प्रति जनमानसमा अफवाह फैलाउने कार्य आफैमा विद्यमान कानून तथा पत्रकार आचारसंहिताको विपरित भएको हाम्रो ठम्याई छ ।