Skip to main content

गैरसरकारी संस्था महासंघ नेपालको आयोजनामा २०७४ चैत्र ९ गते काठमाण्डौमा संघीय संरचनामा गैसस र नागरिक संस्थाहरुको भूमिका विषयक वहुपक्षीय संवाद कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापाले आफ्नो सम्बोधनमा गैसस र नागरिक संस्थाहरुले समाज विकास र रुपान्तरणमा पु¥याएका योगदानहरुको प्रशंसा गर्नु भयो । उहाँले आगामी दिनहरुमा गैसस तथा नागरिक संस्थाहरुले आर्थिक विकास र सशक्तिकरणमा जोडदिनु पर्ने बताउनुभयो । मन्त्री थापाले परिवर्तित सन्दर्भ बारे आफ्नो धाराणा राख्दै मुलुक संघिय संरचनामा प्रवेश गरिसकेको अवस्थामा संविधानको मर्म र भावना अनुसार विद्यमान कानुनहरुलाई परिमार्जन गर्दे समयको माग बमोजिम नयाँ कानुन, नीति, नियम र ऐन बनाई अगाडि बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो । उहाँले वहुपक्षिय संवाद कार्यक्रममा सरोकारवालाहरुबाट उठाइएका मागहरु, सुझाव सल्लाह र साझा धारणापत्रमा समावेश गरिएका बिषयहरुलाई समेत आत्मसात गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 
वहुपक्षिय सम्वाद कार्यक्रममा सहभागी विभिन्न सरोकारवाला संघ संस्था तथा नागरिक संगठनका अगुवाहरुबाट राज्यको परिवर्तित संरचनामा गैरसरकारी संस्थाहरुको व्यवस्थापन, नियमन तथा समन्वयमा के–कस्ता संरचनागत र नीतिगत व्यवस्था हुनुपर्छ भन्ने विषयमा छलफल केन्द्रित गरिएको थियो । कार्यक्रममा गैसस महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष कृष्ण गैतम र कार्यकारी निर्देशक दया सागर श्रेष्ठले नागरिक संस्थाहरुको आगामी मार्गचित्रका बारेमा सहभागीहरुलाई संक्षिप्त जानकारी गराउँदै नागरिक संस्थाहरुको साझा अवधारणा बारेमा प्रस्तुतिकरण गर्नूभएको थियो । 
कार्यक्रममा मानव अधिकारकर्मीहरु, सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरु डा. उषा झा, सुवोधराज प्याकुरेल, जगदिश अधिकारी, नारायण खतिवडा, उत्तम उप्रेती, टंक अर्याल, बिष्णु पोखरेल, गोपालनाथ योगी लगाएतका वक्ताहरुले संघीय संरचनामा गैरसरकारी संस्था तथा नागरिक संगठनहरुको भूमिका र तिनिहरुको उपयुक्त नियमनका लागि अपनाइने कानूनी, संरचनागत तथा प्रशासनीक व्यवस्थापन लगाएतका महत्वपूर्ण विषयमा आ–आफ्ना विचारहरु व्यक्त गर्नुभएको थियो ।
महिला बलबालिका तथा जेष्ठ नागरिक मन्त्री थम माया थापा प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रम गैसस महासंघ नेपालका अध्यक्ष गोपाल लम्सालकोे अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न अभियान तथा क्षेत्रसंग आवद्ध करिव ५० भन्दा बढि संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले  सहभागीता जनाउनु भएको थियो ।