självrisker i sjukförsäkringen http://sverigepiller.com/kop-cialis/ vattensäkert ws425w brunnsvatten testkit
Immediate Past President's Blog
राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको १२औँ बाषिर्क उत्सवको सन्दर्भको मन्तव्य

डा. नेत्र प्रसाद तिम्सिना, अध्यक्ष गैसस महासंघ नेपाल




राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षज्यू,
कार्यक्रमका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू, अतिथिज्यू र संचारकर्मी मित्रहरु

राष्ट्रिय मानवअधिकार आयोगका स्थापनाको १२औँ बाषिर्क उत्सव देशमा राजनितिक अन्योल र अनिश्चितताका बीच मनाइरहेका छौँ । मुलुक अहिले राजनीतिक अस्थिरताका कारण अशान्ति, त्रास र दण्डहिनता बीच छटपटाइरहेको अवस्थामा छ । यतिवेला आम नेपाली जनताका शान्ति, लोकतन्त्र र मानवअधिकार प्रतिका अपेक्षाहरु राजनीतिक दलहरु बिचका असहमति र अक्षमताका कारण पूरा हुन नसकेको तथ्य हाम्रा सामु छ । सरकारले जन अपेक्षालाइ वेवास्ता गरेको कुरा हाम्रा सामु लुकेको छैन ।  मानव अधिकारलाई निरपेक्ष रुपमा हेर्न मिल्दैन । शान्ति, स्थायित्व र सुशासनसँग मानवअधिकारको प्रत्यक्ष सम्बन्ध रहन्छ । जहाँ राजनीतिक अस्थिरता हुन्छ, शासन प्रणालीमा स्थायित्व हुँदैन, त्यहाँ मानवअधिकारको चरम हनन् भैरहेको हुन्छ । त्यसैले वर्तमान राजनीतिक माहोलले मानवअधिकारलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । नागकिहरु अत्यन्त कठीन जिवन जिउन वाध्य छन ।

जलवायु परिवर्तनको शीर्षकमा नेपालले दाताबाट ऋण लिनु हुँदैन

जलवायु परिवर्तनको शीर्षकमा नेपालले दाताबाट ऋण लिनु हुँदैन

 

प्रस्तुति: विजय देवकोटा, कारोबार दैनिक

मिति: 2012-03-28

Name

सम्बन्ध: अन्तरवार्ता

 

डा. नेत्र तिम्सिना
अध्यक्ष, गैरसरकारी संस्था महासंघ नेपाल


नेपालले यही महिनाको २३ र २४ गते पर्वतीय देशहरूको जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय पर्वतीय सम्मेलन गर्दैछ । रणनीतिक महŒवको यो सम्मेलनको तयारीदेखि नेपालको अवधारणा तयार पार्नेसम्मको काममा गैरसरकारी संस्था महासंघ नेपालले विशेष योगदान पु¥याउँदै आएको छ । डा. नेत्र तिम्सिना यो सम्मेलन आयोजक समितिका सदस्य पनि हुन् । सन् २००३ मा बेलायतको रेडिङ विश्वविद्यालयबाट ‘प्राकृतिक स्रोतव्यवस्थापनको अर्थराजनीति’ मा विद्यावारिधि गरेका  तिम्सिना विकसित र पश्चिमा औद्योगिक राष्ट्रले उत्सर्जन गरेको हानिकारक कार्बनका कारण पर्वतीय र अति कम विकसित देशले प्राकृतिक विपत्तिदेखि यावत् समस्या भोगिरहेको बताउँछन् । प्राकृतिक स्रोतव्यवस्थापनको क्षेत्रमा निकै लामो समयदेखि काम गरिरहेका तिम्सिना सहभागितामूलक वनव्यवस्थापन र प्राकृतिक स्रोतको व्यवस्थापनका क्षेत्रमा खटिइरहेका छन् । तिम्सिनाले सन् २००६ देखि २००९ सम्म महासंघको उपाध्यक्ष र त्यसयता अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । विकसित देशले जलवायु परिवर्तनका नाममा अहिले अल्पविकसित र पर्वतीय देशलाई विकासको गतिमा जान रोकिरहेको र यसैका नाममा थप ऋणभार बोकाइरहेको उनको तर्क छ ।  तत्काल त्यस्ता देशले ऋण नभई गरिब देशलाई क्षतीपूर्ति तिर्नुपर्ने तिम्सिनाको तर्क छ । नेपालमा हुन लागेको पर्वतीय सम्मेलन, गैरसरकारी संस्थाको भूमिका र अडानका विषयमा केन्द्रित रहेर अध्यक्ष तिम्सिनासँग संवाददाता विजय देवकोटाले गरेको कुराकानीको सारसंक्षेप :

<< Start < Prev 1 2 3 4 5 6 7 Next > End >>

Page 1 of 7