Skip to main content

 

प्रेस विज्ञप्ति

 

मिति २०७७ साल जेष्ठ १० गते रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका-८ सोती भन्ने ठाउँमा जाजरकोट भेरी नगरपालिका-४ राना गाउँ बस्ने वर्ष २१ का नवराज बि.क, सोही गाउँका गणेश बुढा र चौरजहारी नगरपालिका -१ बस्ने टिकाराम सुनारको मृत्युको घटना र सोही घटनामा अन्य ३ जना युवक हालसम्म बेपत्ता साथै केही युवाहरु कुटपिटमा परी घाईते पारिएको जातीय विभेदजन्य अत्यन्तै दुखद घटना प्रति गैर सरकारी संस्था महासंघ नेपालको गम्भीर रुपमा ध्यानाकर्षण भएको

घटनाको प्राप्त विवरण अनुसार जाजरकोट जिल्ला भेरी नगरपालिका -४ राना गाउँ बस्ने वर्ष २१ का नवराज बि. क. र रुकुम (पश्चिम) जिल्ला चौरजहारी नगरपालिका-८ सोती बस्ने मल्ल थरकी १७ वर्षीय किशोरी बीच केही समय पहिला देखि प्रेम सम्बन्ध भएको र प्रेम सम्बन्धलाई बैवाहिक सम्बन्ध कायम गराउन निज नवराजले आफ्ना साथीहरु सहित किशोरीको गाउँ चौरजहारी नगरपालिका-८ सोती  भन्ने ठाउमा पुग्दा एक्कासी किशोरीका अविभावक सहित गाउँले जुटी नवराज बि. क. लगायत उनका साथीहरु माथि सांघातिक हमला सहित कुटपिट गरी नरसंहारकारी घटना घटाई ३ जनाको मृत्यु हुनुका साथै ३ जना हालसम्म बेपत्ता र अरु केही गम्भीर घाईते भएका छन सो घटनाको प्रकृति हेर्दा एक्काईसौं सताब्दीमा जातीय विभेदको मानसिकताबाट प्रेरित ज्यान लिने जस्तो निच सोचबाट भएको मानवलाई नै लज्जाबोध हुने घटनाको रुपमा देखिन्छ हाल प्रहरीद्वारा केही व्यक्तिहरुलाई गिरफ्तार गरी कानुनी प्रक्रिया अगाडी बढेको भन्ने सुन्नमा आएको र सरकारले पनि पाँच सदस्यीय छानविन समिति गठन गरेको अबस्थामा सो घटनाको सत्यतथ्य छानविन गरी योजनाकार देखि घटनामा संलग्न प्रत्यक्ष अप्रत्यक्ष जो कोहीलाई पनि कानूनको दायरा ल्याई कानून बमोजिम हदैसम्मको सजायको ब्यबस्था गर्न, घटनामा बेपत्ता हुनेहरुको छिटो भन्दा छिटो खोजी गर्न, घाईतेजनको उपचारको व्यवस्था गर्न र ज्यान गुमाउनेको परिवारलाई उचित राहत एबम क्षतिपुर्तिको व्यवस्थाका लागि गैरसरकारी संस्था महासंघ नेपाल सरकारसँग  जोडदार माग गर्दछ भविश्यमा यस्ता पासविक घटना समाजमा नदोहोरिने ग्यारेन्टी गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौं ।

मिति: २०७७/०२/१४

राम प्रसाद सुवेदी, महासचिव

जितराम लामा, अध्यक्ष

 

Download the PDF