Skip to main content

पर्वतको फलेवास नगरपालिकामा स्थानीय पदाधिकारी तथा सरोकारवालाहरूलाई लक्षित गर्दै दिगो विकास लक्ष्य १६ मा एक दिने कार्यशाला सम्पन्न भएको छ । 
नेपाल दिगो विकास मञ्च, गैरसरकारी संस्था महासंघ नेपाल केन्द्रीय कार्यालय, फलेवास नगरपालिका र  जिल्ला शाखा पर्वतको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 
२०७६ साल असार २ गते सम्पन्न भएको उक्त कार्यक्रममा स्थानीय तहमा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि भएका पहलहरूका बारेमा छलफल गरिएको थियो । यसैगरी फलेवासको नीति तथा कार्यक्रममा दिगो विकास लक्ष्य कार्यान्वयनका लागि दिइएका प्राथमिकताहरू र लक्ष्य १६ अन्तर्गत शान्ति, सामाजिक न्याय, संस्थाहरूको आन्तरिक नियन्त्रण तथा स्वनियमन र स्वावलम्बनका विषयमा कार्यशालामा सहभागीहरूबाट जानकारी सङ्कलन गर्ने कार्य गरिएको थियो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले दिगो विकास लक्ष्यहरूको स्थानीयकरणका लागि आफ्नो नगरपालिकाले विभिन्न रचनात्मक कार्यक्रमहरू अघि सारेको कार्यक्रमको समापन सत्रमा जानकारी गराउनु भयो । उहाँले नगरपालिकाको आगामी कार्ययोजनाहरू दिगो विकासको भावना र मर्मअनुुसार तय गरिएको समेत जानकारी गराउनु भयो । कार्यक्रममा नगर प्रमुख लगाएत, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू र स्थानीय सरोकारवाला सामाजिक संस्थाहरूका करिब ५० जना सहभागीहरूको उपस्थिति रहेको थियो ।